इटहरीमा भोलिबाट विहानदेखि तीनघण्टा खाद्यान्नका पसल खुल्ला हुने भएको छ । विहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्न, तरकारी र फलफूलका पसल खुल्ला गरिने भएको हो। आज इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जिल्ला सुरक्षा समितिसँग वैशाख १७ देखि विहान ७ वजे देखि १० वजे सम्म खादयान्न, तरकारी र फलफूलका पसल खुल्ला गर्ने निर्णय गरेको हो ।
सवारी साधन प्रयोग नगरी एक परिवारबाट एक जना मात्र खरिदका लागि सम्वन्धित पसल सम्म आउजाउ गनुपर्ने निर्णय भएको छ । तोकिएको समयमा खरिद विक्री गर्दा सामाजिक दूरी कायम गरे नगरेको जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनले अनुगमन गर्ने बताईएको छ । यसअघि ।औषधी पसल मात्र खुल्ला रहेको थियो ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post