उदयपुर : उदयपुरमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार कटारीबाट कालीखोलातर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो कटारी नगरपालिका ४ स्थित भित्री सडकखण्डमा आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा उदयपुरको कटारी ८ का ३८ वर्षीय विक्रम राना मगरको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राना मगरको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कटारी ८ की ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षीय चन्द्र श्रेष्ठ, ५० वर्षीया गीता श्रेष्ठ, ५२ वर्षीय कृष्णलाल श्रेष्ठ, कटारी–५ का ५ वर्षीय बालक दिवस श्रेष्ठ, ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया वेतकुमारी थापा मगर घाइते भएका छन् । सामान्य अवस्थाका घाइतेहरुको कटारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ
दुर्घटनापछि फरार रहेका बोलेरो चालक कटारी ८ का २६ वर्षीय प्रेम श्रेष्ठको खोजी गरिएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।














Discussion about this post