इटहरी (डेस्क) : झापा र उदयपुरमा सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु भएको छ भने दुईजना घाओते भएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको कन्काई नगरपालिका ७ कप्तानलुङमा आफ्नै घर अगाडि पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर बालकृष्ण दुलालले आफैंले स्टार्ट गरी अगाडि बढाउने क्रममा ट्याक्टर मुनि खेलि रहेकी उनकै २ वर्षीया छोरी आरोषि दुलाललाई किचेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते बालिकाकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा छन् ।
यस्तै उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टेर दुर्घटना हुँदा सवार तीनजना घाइते भएका थिए ।
घाइतेमध्ये त्रियुगा नगरपालिका १ का १० वर्षीय नितेष चौधरीको जिल्ला अस्पताल गाइघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मृतककै बुबा ४० वर्षीय सत्य नारायण चौधरी र उनकै अर्का छोरा १२ वर्षीय निमिष चौधरीको सोही अस्पतालमानै उपचार भइरहेको छ । उनीहरूको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।














Discussion about this post