उदयपुर : उदयपुरको उदयपुरगाढी गाउँपालिका ७ मा टिपर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मङ्गलबार साँझ ‘ब्रेक फेल’ भएर टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
नेपालटारबाट बालुवा बोकेर कोल्टेतर्फ जाँदै गरेको पवित्रा निर्माण सेवाको स १ क १९० नम्बरको टिपर बाघखोर–खोल्टे भित्री सडक खण्डमा साँझ ६ः५० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उदयपुरगढी ७ का अन्दाजी १९ वर्षीय उज्वल खपाङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टिपर चालक सप्तरी कल्याणपुरका अन्दाजी २९ वर्षीय उमेशकुमार चौधरी, २४ वर्षीय भरत खपाङ्गी र १७ वर्षीय युवराज खपाङ्गी घाइते भएका छन् । घाइतेमध्ये उमेशकुमार र भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
‘ब्रेक फेल’ भएर अचानक दुर्घटनामा परेको टिपर सडकबाट ४० मिटरजति तल झरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post