इटहरी : तीब्र गतिमा रहेको एम्बुलेन्सको ठक्करबाट सुनसरीमा एक महिलाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका ४ स्थित गाउँपालिका कार्यालय अगाडि एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु भएको हो ।
पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको प्र २–०१–००१ झ ००२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा स्कुटर चालक इनरुवा ५ बस्ने ३८ वर्षीया निर्मला उरावको मृत्यु भएको हो ।
दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स र चालक सप्तरी बिषनपुर ५ बस्ने २७ वर्षीय सुनिल कुमार मेहतालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार एम्बुलेन्स तीब्र गतिमा रहेका कारण दुर्घटना भएको हो ।














Discussion about this post