उदयपुर : उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गाइघाटबाट जलजलेतर्फ जाँदै गरेको स १ ब ८९७ सरकारी नम्बर प्लेटको मोटरसाइकलले उदयपुरको त्रियुगा नगरपालिका ६ मा पैदल यात्री पुरुषलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
राति ८ः२० बजेतिर भएको दुर्घटनामा परेर अन्दाजी ५० वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि विराटनगरतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक त्रियुगा ६ का वडाध्यक्ष ४० वर्षीय निर्मल चौधरी सामान्य घाइते भएका छन् ।
मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । वडाध्यक्षले लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा चलाएको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।














Discussion about this post