विराटनगर : विराटनगर महानगरपालिका ४ मा पिकअप गाडीले ठक्कर दिदाँ मंगलबार बिहान एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको फलफूल लोड गरिएको प्रदेश १–०२–००२ च ५०५७ नम्बरको पिकअप गाडीको ठक्करबाट विराटनगर महानगरपालिका ३ का ७५ वर्षिय ईश्वरीप्रसाद पोखरेलको मृत्यु भएको हो।
सडकमा हिँडिरहेका बेला गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि कञ्चनबारीस्थित आर्या अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सडकमा ‘मर्निङ वाक’गरिरहेका बेला तीव्र गतिमा रहेको पिकअपले पोखरेललाई ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post