संखुवासभा : आज बिहान ७ः४५ बजे संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती स्थित भित्री सडक खण्डमा मादीबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नं. को यात्रुवाहक बस सडकबाट खस्दा १४ जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार घटनास्थलमै १४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा जिल्ला संखुवासभा मादी ६ बस्ने वर्ष नखुलेकी अञ्जना कटवाल, मादी ५ बस्ने वर्ष ४५ का दीपक दाहाल, मादी ६ बस्ने वर्ष ३८ का ईन्द्रबहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ का उमेश भट्टराई (सहचालक) रहेका छन् ।
यस्तै, मादी ४ बस्ने वर्ष ३८ का आईतबहादुर तामाङ, सोही ठाउँ बस्ने बर्ष ३५ कि सबिता राउत कार्की, मादी ५ का वर्ष ५२ को श्याम शेर्पा, सोही ठाउँ बस्ने बर्ष ५५ का भवानी दाहाल, मादी ६ वर्ष ५ की दीक्षा कटवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३० का बिपिन निरौला (चालक,सवारी धनी) तत्काल नाम, थर, ठेगाना नखुलेको १ पुरुष, २ महिला, १ बालक गरी ४ जना रहेको प्रहरीले जनाएको छ ।
यस्तै, घाइतेहरूमा संखुवासभा मादी ५ बस्ने वर्ष ३० को सुभाष गोले, मादी ६ बस्ने वर्ष २२ की तुलसा कटुवाल, मादी ६ बस्ने उमेर नखुलेकी अम्बिका बिक, सोही ठाउँ बस्ने वर्ष ५० को डम्बरबहादुर कार्की र मादी ५ बस्ने वर्ष ३० कि युका पोखरेल रहेका छन् ।
उनीहरूको उद्दार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
यो पनि – Breaking : संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खस्यो
यो पनि – संखुवासभा बस दुर्घटना अपडेट : भीरबाट तीन सय मिटर तल खस्दा मृतकको संख्या १३ पुग्यो














Discussion about this post