धनकुटा : धनकुटाको भेडेटार नजिकै भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मंगलबार साँझ करीब ९ बजे भेडेटार–गोलखाडी सडकखण्डमा दुर्घटना हुँदा साँगुरीगढी गाउँपालिका वडा नम्बर ७ की १९ वर्षीया श्रेया राईको मृत्यु भएको हो ।
भेडेटारबाट गोलखाडीतर्फ जाँदै गरेको मे १ ज २१६२ नम्बरको सुमो जीप अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post