इटहरी : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सुनसरीमा मादक पदार्थ बेचबिखनमा रोक लगाइएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार मौन अवधि सुरु भएको समयदेखि मतपरिणाम नआएसम्म जिल्लाभरी मादकपदार्थ बेच्न प्रतिबन्ध लगाइएको हो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री तथा सेवनमा रोक लगाइएको प्रजिअ यादवले जानकारी दिए ।













Discussion about this post