इटहरी : इटहरीमा एक बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काका अनुसार इटहरी ३ की १२ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेकोमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ३ का ५८ वर्षीय भीमबहादुर बिक रहेका छन् ।
उनले बालिकाको घरकोठामै गएर संवेदनशील अंग समातेर बालयौन दुरुपयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बालयौन दुरुपयोग गरी फरार रहेका बिकलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
०७९ बैशाख २० गतेको घटना भएको र परिवारले जेठ ४ गते मात्रै थाहा पाएपछि सोही दिन प्रहरीमा जाहेरी दिएको उनले बताए ।
प्रहरीमा जाहेरी परेको थाहा पाएपछि फरार रहेका बिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।














Discussion about this post