इटहरी : इटहरी उपमहानगरपालिका–१० मुसहर टोलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, सीआरभी खनार र प्रहरी चौकी खनारबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा इटहरी–१० निवासी १९ वर्षीय प्रभात सरदार र सोही स्थानका १९ वर्षीय जितेन्द्र ऋषिदेव रहेका छन्।
प्रहरीले उनीहरूको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा ८६० क्याप्सुल ट्रामाडोल र ८१० ट्याब्लेट डाइसाइक्लोमिन गरी जम्मा १ हजार ६७० पिस लागूऔषध बरामद गरेको जनाएको छ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post