धरान : धरानबाट रेडपाण्डाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार धरान १५ बाझगराको श्यामचौकबाट रेडपाण्डाको छालासहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धरान १६ बस्ने सुदेश विश्वकर्मा, मोरङको केराबारी गाउँपालिका ६ बस्ने रजिस राई र मोरङकै सुन्दरहरैचा ५ बस्ने निश्चल श्रेष्ठ रहेका छन् ।
संरक्षित वन्यजन्तुको छालासहित पक्राउ परेकाले तीनै जनालाई शुक्रबार जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि पठाइएको छ ।















Discussion about this post