Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

संखुवासभामा पहिरोको जोखिम, स्वास्थ्य चौकीसहित २८ परिवार विस्थापित

रासस by रासस
असार १६, २०८३
in विविध, समाचार
0
पहिरोको कारण मेची राजमार्ग अवरुद्व

सांकेतिक तस्बिर ।

51
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि खसेको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार विस्थापित भएका छन् । तल्लो र माथिल्लो तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई र विन्दुर राईको परिवार विस्थापित भएको जानकारी दिए ।

तेन्छोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ । माथिल्लो तेन्छोङमा कुन्ती राई, धनपूर्ण राई, मंगलबहादुर राई, सुकप्रसाद राई, मीरा राई र धनमान राईको परिवार विस्थापित भएका छन् ।

बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ । सोमबार (असार १५) जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट १० जनाको टोली घटनास्थलमा पुगेको छ ।

सिलिचोङ गाउँपालिकाले मंगलबार (असार १६) एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका निम्ति कोसी प्रदेश र संघीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए ।

सिलिचोङस्थित दुई जलविद्युत् आयोजनामा पनि क्षति पुग्दा गाउँका ६०० भन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।

सिसुवामा ६० किलोवाटको सिसुवा खोला लघुजलविद्युत् र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत् आयोजनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

सिसुवा खोलामा आएको बाढीले यहाँस्थित दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन बन्द भएको छ । पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयवासी आफन्तका आश्रय लिएर बसेका छन् ।

Tags: #संखुवासभापहिरोबाढीपहिरो
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण
पर्यावरण

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

by रासस
असार १६, २०८३
0

झापा : चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको १० हेक्टर जमिनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मोरङमा गुडिरहेको ट्याक्टरबाट लड्दा २० वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार १६, २०८३
0

मोरङ : मोरङको उर्लाबारीमा गुडिरहेको ट्याक्टरबाट लड्दा एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान करिब ७ः१० बजेतिर उर्लाबारी–मधुमल्ला सडकखण्डअन्तर्गत उर्लाबारी...

इनरुवामा कमन मैनाको मातृत्व

इनरुवामा कमन मैनाको मातृत्व

असार १६, २०८३
झापामा मापसे सेवन गरेर छिमेकीको घर छेउ पुगेपछि रूखमा बाँधेर राखे, बिहान मृत भेटिए

झापामा असिना र हुरीले मकै उत्पादनमा ६८ हजार मेट्रिक टन गिरावट

असार १६, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

तोकिएको समयमा बस्न नसकेपछि कोशी प्रदेशसभा बैठक पुनः सारियो

असार १६, २०८३
बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

असार १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

असार १६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा गुडिरहेको ट्याक्टरबाट लड्दा २० वर्षीय युवकको मृत्यु

असार १६, २०८३
इनरुवामा कमन मैनाको मातृत्व

इनरुवामा कमन मैनाको मातृत्व

असार १६, २०८३
झापामा मापसे सेवन गरेर छिमेकीको घर छेउ पुगेपछि रूखमा बाँधेर राखे, बिहान मृत भेटिए

झापामा असिना र हुरीले मकै उत्पादनमा ६८ हजार मेट्रिक टन गिरावट

असार १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    746 shares
    Share 298 Tweet 187
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन