Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

प्रदेश १ को एथलेटिक्स तर्फको छनौट सम्पन्न, खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २, २०७९
in खेलकुद, समाचार
0
प्रदेश १ को एथलेटिक्स तर्फको छनौट सम्पन्न, खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान
98
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश नम्बर १ को एथलेटिक्सतर्फको सम्पूर्ण छनौट शनिबारबाट सम्पन्न भएको छ ।

विभिन्न इभेन्टहरू आयोजना गरी दिउँसो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

इटहरी रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले मेडल प्रदान गरेका थिए ।

एथलेटिक्सको १ सय मिटर दौडमा सुनसरीका विशेष चौधरीले स्वर्ण पदक जितेका छन् भने सुनसरीकै सुनिल गच्छादारले रजत र झापाका राजीव ढुंगानाले कास्य पदक जितेका छन् ।

यस्तै, सय मिटरको महिला तर्फको दौडमा सुनसरीकी आरतिकुमारी चौधरीले स्वर्ण, ताप्लेजुङकी कृष्टि दर्जीले रजत र झापाकी निशा माझीले कास्य पदक जितेकी छन् । यता, २ सय मिटर दौडको पुरुषतर्फ सुमित गच्छादार सुनसरीले स्वर्ण, विशेष चौधरीले रजत र मुस्कान याक्खा इलामले कास्य पदक जिते ।

महिलातर्फ सुनसरीका आरतिकुमारी चौधरीले स्वर्ण, खोटाङ्गकी इन्दिरा श्रेष्ठले रजत र धनकुटाकी जेनिशा मगरले कास्य पदक पाएका छन् ।

यसैगरी, पुरुष लङ् जम्पमा सुनसरीका विशेष चौधरीले स्वर्ण, झापाका राजीव ढुंगानाले रजत र सुनसरीकै मुकेश चौधरीले कास्य पदक जिते ।

यता महिला लङ् जम्पमा झापाकी सलिना तामाङ्गले स्वर्ण, सोलुखुम्बुकी मिङ्गमा याङ्गजी शेर्पाले रजत र संखुवासभाकी बिन्दिया कुमालले कास्य पदक पाएका छन् ।

यसैगरी, ४ सय मिटर दौडतर्फ महिलामा संखुवासभाकी सरिता कुमालले स्वर्ण, खोटाङकी इन्दिरा श्रेष्ठले रजत र भोजपुरकी मिना शेर्पाले कास्य पदक जितेका छन् ।

यता, ४ सय मिटर पुरुष तर्फको दौडमा झापाका विनय अधिकारीले स्वर्ण, मोरङ्गका रोशनकुमार यादवले रजत र झापाकै लिला भित्रिकोटीले कास्य पदक पाएका छन् भने १५ सय मिटर दौडमा झापाका मेघराज राईले स्वर्ण जितेका छन् ।

धनकुटाका अर्जुन लिम्बूले रजत र झापाका प्रेम तामाङ्गले कास्य पदक जित्न सफल भएका छन् ।

१५ सय मिटरको महिलातर्फ संखुवासभाकी नीला जिमीले स्वर्ण, खोटाङकी पिप्रा बस्नेतले रजत र झापाकी सुस्मिता राईले कास्य पदक जितेका छन् ।

यस्तै, एथलेटिक्स विधाको सर्टपुटमा महिलातर्फ संखुवासभाकी बिन्डिया कुमारले स्वर्ण जितेकी छन् भने धनकुटाकी सुजाता लिम्बूले कास्य र झापाकी कञ्चन बिमलीले कास्य पदक जितेका छन् ।

पुरुषतर्फ धनकुटाका लप्पी लिम्बूले स्वर्ण, खोटाङका गणेश बस्नेतले रजत र संखुवासभाका रञ्जित श्रेष्ठले कास्य जितेका छन् ।

यसैगरी, ज्यावलिङ थ्रोमा ओखलढुङ्गाका जीवन खड्का प्रथम बनेका छन् भने संखुवासभाका सहदेव चौहान दोस्रो र सुनसरीका श्यामकुमार चौधरी तृतीय बनेका छन् ।

Tags: #खेलकुदएथलेटिक्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
समाचार

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
समाचार

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भदौ २२ गते सोमबार

भदौ २२, २०८३
हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.