इटहरी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौटका लागि भएको फूलकन्ट्याक्टतर्फ प्रदेश १ स्तरीय प्रतियोगिताबाट ओखलढुंगा र पाँचथरलाई तीन–तीन स्वर्ण पदक मिलेको छ भने सोलुखुम्बुलाई २ स्वर्ण पदक मिलेको छ ।
प्रदेश राजधानी विराटनगरमा सोमबारदेखि भएको खेलको फाइनल खेल मंगलबार भएको थियो ।
फाइनल पनि हरेक विधामा स्वर्ण पदक ल्याउने १२ जना खेलाडी गण्डकी प्रदेशमा आयोजना हुने नवौँ खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने भएको छन् ।
फूलकन्ट्याक्टतर्फ स्वर्ण पदक पाउने खेलाडीहरुमा पुरुषतर्फ ४० केजी तौल समूहबाट मोरङका सुलभ पासवान छन् ।
यस्तै, ४५ केजी तौल समूहमा सोलुखुम्बुका पार्थक कोइरालाले स्वर्ण पदक पाएका छन् भने ५० केजी तौल समूहमा ओखलढुंगाका किरण राई, ५५ केजी तौल समूहमा ओखलढुंगाकै मनिष कार्की र ६० केजी तौल समूहमा पनि ओखलढुंगाकै महेन्द्र गजमेरले स्वर्ण पदक जितेका छन् ।
यता ६५ केजी तौल समूहमा सोलुखुम्बुका गौरव आचार्य छन् भने खुल्ला तर्फ मोरङका प्रकाश विश्वकर्माले स्वर्ण पदक जितेका छन् ।
यसैगरी महिला तर्फको ४० केजी तौल समूहमा पाँचथरकी सृष्टि आङ्गदेम्बेले स्वर्ण जितेकी छन् भने ४५ केजी तौल समूहमा सोलुखुम्बुकी रुपा मगरले स्वर्ण पदक जितेकी छन् ।
यता ५० केजी तौल समुहमा भएको प्रतियोगितामा पाँचथरकी बिना तुम्बापोले स्वर्ण लगेकी छन् भने ५५ केजी तौल समुहमा पाँचथरकै इच्छा माङलाङ्ग लिम्बूले स्वर्ण पदक पाएकी छन् ।
खुल्लातर्फ भोजपुरकी सुजिता राईले स्वर्ण पदक लिँदै गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन जान पाउने भएकी छन् ।
प्रतियोगी मध्येबाट स्वर्ण पाउने १२ जनाको नाम छनौट भएको मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा खेल संयोजक श्रवण कुमार ऋषिदेवले जानकारी दिए ।














Discussion about this post