Saturday, July 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

छठ पर्वको महत्व र यस पर्वमा जोडिएको लोकआस्था

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०७९
in विचार, समाचार
0
छठ पर्वको महत्व र यस पर्वमा जोडिएको लोकआस्था
124
SHARES
Share on FacebookShare on Twitter

आज छठ पर्वको विशेष दिन हो । खासगरी नेपालको तराई, भारतको बिहार र उत्तर प्रदेशमा छठ पर्वको विशेष महत्व राख्दछ । छठ एउटा पर्व मात्रै होइन, यो महापर्व हो । छठ पर्व चार दिवसीय उत्सव हो ।

प्रत्येक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको षष्ठी तिथिमा छठ पर्व मनाइन्छ ।

मूलतः सूर्यषष्ठी व्रत भएको कारण यसलाई छठ भनिएको हो । यो पर्व वर्षमा दुई पटक मनाइन्छ । पहिलो पटक चैतमा र दोस्रो पटक कार्तिकमा । चैत्र शुक्ल पक्ष षष्ठीमा मनाइने छठ पर्वलाई चैती छठ र कार्तिक शुक्ल पक्ष षष्ठीमा मनाइने छठ पर्वलाइ कार्तिकी छठ भनिन्छ ।

यस क्रममा व्रतालु लगातार ३६ घण्टा निराहार व्रत बस्दछन् । यस क्रममा उनीहरूले पानी समेत सेवन गर्दैनन् । यसै लोकआस्थासंग धेरै लोक कथाहरू जोडिएको छ ।

श्रीराम र माता सीताले गरेका थिए सूर्यभगवानको उपासना

पौराणिक लोककथाको अनुसार लंका विजयपछि रामराज्यको स्थापनाको दिन कार्तिक शुक्ल षष्ठीमा भगवान राम र माता सीताले व्रत गरेका थिए र सूर्यदेवको आराधना गरेका थिए । सप्तमीमा सूर्योदयको समय पुनः अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गरेका थिए ।

द्रौपदीले पनि सूर्य पूजा गरेकी थिइन्

एक अर्को कथाको अनुसार पाण्डवका पत्नी द्रौपदी द्वारा पनि सूर्यको पूजा गरिएको प्रसंग उल्लेख छ। उनले आफ्नो परिवारको उत्तम स्वास्थ्यको कामना र लामो आयुको लागि नियमित सूर्य पूजा गर्ने गर्थिन ।

सूर्यपुत्र कर्णले पनि गरेका थिए सूर्य देवको पूजा

एक अन्य मान्यता अनुसार छठ पर्वको शुरुआत महाभारत कालमा भएको थियो । सबै भन्दा पहिले सूर्यपुत्र कर्णले सूर्य देवको पूजा सुरु गरेका थिए । कर्ण भगवान सूर्यको परमभक्त थिए । उनि हरेक दिन घण्टौ कमरसम्म पानीमा उभिएर सूर्यको अर्घ्य दिने गर्थे । सूर्यको कृपाबाट नै उनि महान योद्धा बनेका थिए । आज पनि छठामा अर्घ्य दानको यही पद्धति प्रचलित छ ।

राजा प्रियव्रतले गरे छठी मैयाको पूजा

यस कथाको उल्लेख ब्रह्मवैवर्त पुराणमा पनि भेटिन्छ । प्रथम मनु स्वायम्भुवमा पुत्र राजा प्रियव्रतको कुनै सन्तान थिएन ।

यहि कारण उनी दुखी रहन्थे । महाऋषि कश्यपले राजालाई सन्तान प्राप्तिका लागि यज्ञ गर्न भने । महाऋषिको आज्ञा अनुसार राजाले यज्ञ गरे । त्यसपछि राजा प्रियव्रतका महारानी मालिनीले एक पुत्रको जन्म दिए तर दुर्भाग्यले उक्त शिशु मृत जन्मिए ।

यस घटनाले राजा अनि उनका परिवारजन निकै दुःखी भए । त्यसै बेला आकाशबाट एक विमान उत्रियो जसमा माता षष्ठी विराजमान थिइन। जब राजाले उनीसंग प्रार्थना गरे, त्यसपछि उनले आफ्नो परिचय दिदै भनिन कि ( म ब्रह्माको मानस पुत्री षष्ठी देवी हो । म विश्वको सम्पूर्ण बालकको रक्षा गर्ने गर्छु एवम् निःसन्तानलाइ सन्तान प्राप्तिका वरदान दिने गर्छु ।

यस पछि देवीले मृत शिशुलाइ आशीष दिदै हाथ लगाई, जसकारण उक्त बालक जिवित भयो । देवीको यस कृपाबाट राजा निकै प्रसन्न भए र उनले षष्ठी देवीको आराधना गरे । यस्तो मान्यता छ कि यस पछि नै विस्तारै विस्तारै सबै तिर यस छठ पुजाको प्रसार भयो ।

विषेशगरि तराईमा मधेसी समुदायमा मनाइने छठ पुजा पछिल्लो वर्षहरुमा छठ पुजा नेपालमा तराई मात्रै नभइ काठमाडौ राजधानी लगाउत पहाडी क्षेत्रमा पनि मनाउने गरिन्छ । सन्तान प्राप्त हुने विश्वासका कारण निकै कडा नियम र विधि भए पनि हिन्दू धर्मावलम्बीहरू हरेक वर्ष यस पर्वमा आकर्षित भएको पाइन्छ ।

Tags: #पर्वछठसंस्कृतिसुशील राजभर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा
समाचार

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८३
0

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–२ गौरीगाउँबाट प्रहरीले भरुवा बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। भरुवा बन्दुक पड्किएको आवाज...

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन
विविध

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८३
0

इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट र ब्युटिसियन एन्ड हेयर डिजाइन...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगरमा गोलाप्रथाबाट कर्मचारी सरुवा, वडा कार्यालयले मानेनन् महानगरको निर्णय

साउन ८, २०८३
झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

साउन ८, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

झापामा ४० वर्षको भूमिहीन जीवनपछि १७ परिवारले पाए लालपुर्जा

साउन ८, २०८३

भिजिट भिसा र एजेन्टको जालोमा युवा

साउन ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

साउन ८, २०८३
इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

साउन ८, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगरमा गोलाप्रथाबाट कर्मचारी सरुवा, वडा कार्यालयले मानेनन् महानगरको निर्णय

साउन ८, २०८३
झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

साउन ८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1108 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.