इटहरी : सुनसरी क्षेत्र नं. ४ को मतगणना सुरु भएको छ ।
इनरुवास्थित भगवती माविमा अहिले ३:३० बजेदेखि मतगणना सुरु भएको हो । दिउँसो १ बजेबाट मतगणना गर्ने भनिएपनि प्राविधिक कारणले ढिला भएको बताइएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार सुनसरी ४ को भगवती माविमा मतगणना भएको हो । आज बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो ।
यो क्षेत्रमा १ लाख २८ हजार ६५ मतदातामध्ये ६४ प्रतिशत मत खसेको छ । सीसी क्यामेराको निगरानीमा दलहरूका प्रतिनिधिसहित मतगणना सुरु भएको हो ।
यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियतबीच मुख्य प्रतिस्पर्धा छ । प्रदेशसभातर्फ सुनसरी ४ (क) को प्रत्यक्ष र समानुपातिकको मतगणना पनि सुरु गरिएको छ ।














Discussion about this post