इटहरी : सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ ।
हालसम्म इटहरी वडा नं. १, २ र ३ को ११,८१३ मतगणना हुँदा रास्वपाका उम्मेदवार लालविक्रम थापाले अग्रता लिएका हुन् ।
उनको ४,०५९ मत प्राप्त भएको छ । यस्तै, नेकपा एमालेका भीम आचार्यले ३,१४७ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका सीताराम मेहता भने तेस्रो स्थानमा छन् । उनको २,१२२ मत प्राप्त भएको छ ।
यस्तै, राप्रपाका दिनेश कुमार बस्नेतले ७७५ मत प्राप्त गरेका छन् ।












Discussion about this post