Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘बलात्कारीलाई सजाय दिन सहयोग गर्छु भन्नेहरुले नै फोन ब्लाकलिस्टमा राखे…’

फलोअप

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
जेष्ठ ११, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

सांकेतिक तस्वीर ।

826
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङको बुढीगंगा गाउँपालिका ७ बडहराकी १५ बर्षीया किशोरीमाथि दुई महिना अगाडि ५ जनाको समूहले सामुहिक बलात्कार गरेर गाउँ निकाला गरिएपछि टाकुरान्यूजमा समाचार प्रकाशित भएसँगै पीडितले स्थानीय सहयोग गर्छु भन्ने अगुवाहरुले नै फोन ब्लाकलिस्टमा राखेको गुनासो गरेकी छिन् ।

बलात्कारपछि गाउँ निकाला नै गरिएकी पीडितकी सानिमाले सहयोग गर्छु भन्ने स्थानीय सरोकारवालाहरुले अहिले फोन नउठाउने गरेको र फोन नै ब्लाकलिस्टमा राखेको गुनासो गरेकी हुन् ।

‘उहाँहरुले सहयोग गर्न तयार छु भन्नुभएको थियो,’ उनले टाकुरान्यूजसँग भनिन्, ‘तर सहयोग गर्न तयार छु भन्नेहरुले नै अहिले फोन ब्लाकलिस्टमा राखेका छन् ।’ आँफूले स्थानीय अगुवाहरुलाई पटक–पटक सम्पर्क गरेपनि फोन नउठाउने, उठाएपनि झर्किने गरेको बताउँदै भनिन्, ‘उहाँहरुले हामी यहाँको मन्त्री हो भन्नुहुन्छ, हामी पीडितको त बोलि नै बिक्दैन ।’

स्थानीय मानिसले आँफ्नो मन्त्रीसँग लिंक भएको भन्दै पीडितलाई यसअघि देखि नै धम्की दिने गरेका थिए । ‘एकजना दिदी हुनुहुन्छ, उहाँले त आफूँले सहयोग गर्ने बताएपनि अहिले फोन नै नलाग्ने भएको छ ।’ न्याय दिन्छु भन्नेहरुले नै फोन नलाग्ने बनाएको उनको गुनासो थियो ।

समाचार प्रकाशितपछि दुईजना मानिसहरु आएर शान्तवना दिएको बताउँदै उनले भनिन्, ‘दुईजना आएर मेरो नम्बर लिएर जानुभएको छ, अस्ति हामीलाई हप्काउने प्रहरीले नै अहिले त फोन गरेर के कसो छ भनेर सोध्नुभयो । अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, नानीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।’

बलात्कारीलाई सजाय हुनुपर्छ भनेर न्याय माग्दा हप्काउने प्रहरी स्वयम्ले समाचार प्रकाशित पछि फोन गरेर सोधखोज गरेको उनको भनाई थियो । ‘न्याय दिलाउँछु भनेर नभने पनि कम्तिमा फोन चैँ आयो,’ न्याय पाउँने झिनो आशा व्यक्त गर्दै उनले भनिन्, ‘स्थानीय मानिसहरुले नआत्तिनुहोस् भन्ने आश्वासन मात्र दिनुहुन्छ ।’

बलात्कारमा संलग्न ५ जना मध्ये इन्द्र राई र लक्ष्मण राईलाई जिल्ला अदालत विराटनगरको आदेशमा नाबालक भनेर छाडिएको प्रहरीले जनाएको छ । संलग्न तीनजना मध्ये दुईजनालाई मात्र प्रहरीले पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएपनि बलात्कारमा संलग्न पाँचै जनालाई कारबाही गर्न पीडितको माग छ ।

पीडित बालिकालाई बलात्कार गरिएपछि स्थानीयले गाउँ नै निकाला गरेको र अहिले पेटमा एक महिनाको बच्चा रहेको र स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको पीडितको गुनासो छ ।

उता, बुढीगंगा गाउँपालिका वडा नं. ७ बडहराका वडाध्यक्ष मुरारीलाल चौधरीले भने खास गाउँ निकाला भएको भन्ने बिषयमा स्वीकार्न तयार छैनन् । उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘खास गाउँ निकाला भएको हैन, म पटक–पटक बालिकाको घर गएर सहयोग गर्छु भनेको थिएँ ।’

उनले ती बालिकामाथि त्यो भन्दा अगाडि पनि पटक–पटक बलात्कारको प्रयास भएको बताउँदै भने, ‘मैले घटना भएपछि प्रहरी र स्थानीयसँग बसेर सुरक्षा दिनुपर्छ भनेर भनेको हुँ ।’

उनले आँफू राहतमा व्यस्त भएको र पछि पीडित इटहरी गएको दाबी गर्दै भने, ‘यहाँबाट गाउँ निकाला भएको हैन, बिचौलियाले गरे भने अलग कुरा हो ।’

बालिकालाई पटकपटक बलात्कार गर्ने प्रयास भने भएको उनको भनाई छ ।

उनले अहिले बालिका घर आएर बसेमा सुरक्षाको प्रत्याभूति हुने काम गर्ने दाबी गर्दै भने, ‘मैले पीडितलाई म तिम्रो बुवा नै हुँ भनेको छु, केही समस्यापरेमा मलाई भनेमा हुन्छ ।’

यो पनि – १५ बर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि गाउँ निकाला, पीडित भन्छिन्, राती केटाहरु आएर हप्काए

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    827 shares
    Share 331 Tweet 207
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.