इटहरी : इटहरी जारी १३ औ संस्करणको इटहरी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा आज (बिहीबार) विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँ र चर्च ब्वाईज युनाइटेड क्लब काठमाण्डौँबीच प्रतिष्पर्धा हुँदैछ ।
आजको बिजेताले शनिबार हुने फाइनल खेलमा साबिक बिजेता सगरमाथा युथ क्लब मोरङसँग उपाधीका लागि प्रतिष्पर्धा गर्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा गत वर्षको लिग बिजेता मछिन्द्र क्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा भइरहेको प्रतियोगिता चैत ११ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।














Discussion about this post