मोरङ : मोरङको उर्लाबारीमा कार्यालय खोलेको भन्दै पहिचान पक्षधरहरूले वडाध्यक्षलाई कुटपिट गरेका छन् ।
उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणी पौडेललाई पहिचान पक्षधरहरूले कार्यकक्षमै कुटपिट गरेका हुन् ।
प्रदेशको नाम कोसी राखिएको भन्दै पहिचान पक्षधर आन्दोलित छन् । कोसी नामकरणविरुद्व आन्दोलन चलिरहँदा कार्यालय खोलेको भन्दै कुटपिट गरिएको हो ।
कुटपिटपछि नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे आपत्ति जनाएको छ ।
कांग्रेस उर्लाबारी नगर कार्यसमितिका कार्यवाहक सभापति राजन रायमाझीका अनुसार कुटपिटमा संलग्नलाई कारबाही गर्न माग राखिएको छ ।
मोरङ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने संवैधानिक अधिकार हुँदाहुँदै जनप्रतिनिधिमाथि आफ्नै कार्यकक्षमा कुटपिट हुनु निन्दनीय र दण्डनीय रहेको छ भन्ने हाम्रो मान्यता रहेको छ, कुटपिटमा संलग्न व्यक्तिहरूमाथि तुरुन्त छानबिन गरी कडा कानुनी कारबाही गरियोस् भनि सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं ।’












Discussion about this post