इटहरी : वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेका छन् ।
उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।
एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको दाहालले बताए ।
बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरूलाई प्रलोभनमा पारेका थिए । ठगी प्रकरणमा उनका भाइ, बुहारी र बहिनी पनि आरोपित छन् ।














Discussion about this post