सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
गएराति सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारीस्थित भित्री पक्की सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०२–०५० प ८०८४ नम्बरको बुलेट मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुन्दरहरैँचा ५ का अन्दाजी ४५ वर्षीय शिवनाथ आचार्य रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज (शुक्रबार) बिहान साढे ५ बजेतिर स्थानीयले मोटरसाइकलसहित नालीमा खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको हुनसक्ने खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post