मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् ।
साथीहरुसंगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै बेपत्ता युवकको खोजतलासमा खटिएको बिपद् ब्यबस्थापन गुल्म चन्द्रगढी र शशस्त्र प्रहरी सहितको टोलीले आज बिहान ९ बजे राईलाई पोखरी भित्र मृत फेला पारेको हो ।
मृत अवस्थामा फेला पारे संगै कानूनी प्रकृया पूरा गरी शव परीक्षणको लागि मंगलवारे अस्पताल पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।



















Discussion about this post