इटहरी : इटहरी २० तरहराको पानीपियामा धरान उपमहानगरपालिकाले ‘सीमा प्रारम्भ’को बोर्ड इटहरी उपमहानगरले हटाएको छ ।
सोमबाुर (आज) बिहान धरान नगर प्रहरीले सीमा प्रारम्भको बोर्ड राखेको थिए । दुई पालिकाबीच भएको सीमा विवादको अन्त्य नभई बोर्ड राखेको भन्दै इटहरीले केही घण्टापछि हटाएको हो ।
इटहरी उपमहानगरका जनप्रतिनिधि, कर्मचारी तथा नगर प्रहरी सहितको टोलीले बोर्ड निकालेको हो ।
दुई उपमहानगरको विवाद कायम नै रहेका बेला धरानका नगर प्रमुख हर्क साम्पाङको निर्देशनमा आज पुनः बोर्ड राखिएको थियो ।
इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले समन्वय र संवाद अनुसार सीमा विवाद अन्त्य गर्नु पर्नेमा धरानले मनोमानी गरेको बताए ।
छलफलबाट समाधान गर्ने विषयमा पालिका पालिका भिडाउने काम भएको उनको भनाइ छ ।












Discussion about this post