सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचामा मोटरसाइकल पैनीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार भित्री सडकखण्ड भएर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १० प ९०१८ नम्बरको मोटरसाइकल सुन्दरहरैँचा नगरपालिका १ डाँगी टोलमा दुर्घटनामा परेको हो ।
प्रहरीकाअनुसार दुर्घटनामा चालक सुन्दरहरैँचा १ डाँगी टोलका अन्दाजी २४ वर्षीय नवीन चौधरीको मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको मोटरसाइकल बिहीबार राति १०ः३० बजेतिर अनियन्त्रित दुर्घटनामा परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post