इटहरी : इटहरीमा उपमहानगरले बजार अनुगमन गरेको छ ।
बजार अनुगमनका क्रममा बासी, सडेगलेको मिठाई र मासु बिक्री वितरण गर्ने गरेको भेटिएको छ । बासी लगेको मासु बिक्री गने एक पसलमा उपमहानगरले ताला लगाएको छ ।
इटहरीको बीपी चौकस्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखिएको थियो । खान अयोग्य भेटिएपछि उपमहानगरले उक्त पसलमा ताला लगाएको छ ।
यस्तै, इटहरीका केही मिठाई पसलमा अखाद्य वस्तु भेटिएको छ । बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो । इटहरीको मुख्य बजारमै सञ्चालनमा रहेको नटराज मिठाई पसलमा म्याद गुज्रिएका खानेकुरा भेटिएको थियो ।
मेयर हेमकर्ण पौडेलसहित पुगेको अनुगमन टोलीले सामानको म्याद हेर्न थालेपछि पसलका सञ्चालकले म्याद गुज्रिएको सामान मिल्काएका थिए ।
अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हीरा होटल, सगुन स्विट्स, बालाजी मिडाई पसल लगायतका मिठाई पसलको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा भान्छा सफा नभएको, म्याद गुज्रिएका खाद्यान्न बिक्रीका लागि राखिएको, सरसफाई राम्रोसँग नभएको भेटिएको थियो ।
लापरबाही गर्ने व्यवसायीलाई सचेत गराइएको उपमहानगरले जनाएको छ ।












Discussion about this post