मोरङ : मोरङको पथरी शनिश्चरेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
घरायसी वादविवाद हुँदा श्रीमानको कुटाइबाट सख्त घाइते भएकी कर्णमाया लिम्बूको मृत्यु भएको हो ।
गत साउन २६ गते बिहान घरायसी विवाद भएपछि उनका पति ६५ वर्षीय हर्कजङ्ग लिम्बूले श्रीमतीमाथि कुटपिट गरेका थिए ।
नोबेल अस्पताल विराटनगरमा उपचाररत लिम्बूलाई उर्लाबारीस्थित ट्रमा सेन्टर रेफर गरिएको थियो ।
सोही क्रममा ६३ वर्षीया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post