Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

हेल्मेटबिनै सरकारी नम्बर प्लेटको मोटरसाइकल चलाउँछन् इटहरी उपमहानगरका कर्मचारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८०
in टाकुरा विशेष, समाचार
0
हेल्मेटबिनै सरकारी नम्बर प्लेटको मोटरसाइकल चलाउँछन् इटहरी उपमहानगरका कर्मचारी
328
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आँफूलाई सुशासनयुक्त भनेर दाबी गर्ने इटहरी उपमहानगरपालिका आफैँ भने विभिन्न कारणले समय–समयमा विवादमा आउने गरेको छ ।

पछिल्लो समय उपमहानगरले कर वृद्धिको कारण चौतर्फी तनावसमेत झेलिरहेको छ । यसैबीच उपमहानगरका कर्मचारीले सरकारी नम्बर प्लेटको सवारी (मोटरसाइकल) चलाउँदासमेत हेल्मेट प्रयोग गर्ने नगरेको पाइएको छ ।

आइतबार दिउँसो ३ बजेको समयमा इटहरी उपमहानगरपालिकाको गेट अगाडिबाट मोटरसाइकलमा निस्किए, कर्मचारी दीपेश आचार्य ।

प्रदेश १–०२–००१ प ३३०६ सेतो नम्बर प्लेटको सरकारी मोटरसाइकलमा उपमहानगर गेटबाट निस्किएका आचार्यलाई ‘हेल्मेट किन प्रयोग नगरेको ?’ भनेर सोध्दा उनले गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भए ।

यतिसम्म गैरजिम्मेवार र झर्को लाग्दो उत्तर थियो कि, ‘हेल्मेट छैन, किन ?’ उनको झर्को लाग्दो उत्तरले स्थानीय मानिसहरूसमेत उनीतर्फ केन्द्रित भए । उनले हेल्मेट प्रयोग नगरेको मात्रै होइन, मोटरसाइकलमा राखेका पनि थिएनन् ।

उनी इटहरी उपमहानगरको गल्ली हुँदै हेल्मेटबिनै संगीत चौकतर्फ लम्किए । आचार्य इटहरी उपमहानगरपालिकामा योजना प्राविधिक शाखामा इञ्जिनियरको रूपमा कार्यरत छन् ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर्मचारीहरूले भ्रष्टाचार नगर्ने दाबी गर्दै आएको र गरेको भए आँफूलाई जानकारी गराउन यसअघि विभिन्न सञ्चारमाध्यममा भन्दै आएका छन् ।

तर, उपमहानगरकै कर्मचारी, सरकारी पोसाकमा, सरकारी नम्बर प्लेटको मोटरसाइकलमा, कार्यालय समयमै खुलेआम हेल्मेटबिनै हिँड्दा मेयर पौडेल बेखबर जस्तै छन् ।

यता, इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हेल्मेट प्रयोग नगरेको विषयमा जानकारी नभएको बताए । ‘हेल्मेटबिनै मोटरसाइकल चलाउन पाइदैँन, त्यस्तो पाइएमा हामी स्पष्टीकरण लिन्छौँ,’ उनले टाकुरा न्यूजसँग भने, ‘अहिलेसम्म जानकारी छैन, जानकारी भएमा पठाउनुहोला ।’

इटहरीमा खासगरी वडा कार्यालय र बढी हिँडडुल गर्ने, प्राविधिकहरूलाई मोटरसाइकल दिएको उनले बताए । उनले भने, ‘इटहरीमा व्यक्तिलाई भन्दापनि वडा कार्यालयहरूमा र काम बढी भएर हिँडडुल गर्नुपर्ने अवस्थाका कर्मचारीलाई मात्रै मोटरसाइकल दिएका छौँ ।’

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० अन्तर्गत दफा १६४ (ढ) मा ‘पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको पाइएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने व्यवस्था’ उल्लेख छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोसी प्रदेशका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश रेग्मीले हेल्मेट नलगाई मोटरसाइकल चलाएको पाइएमा ऐनबमोजिम कारबाही गरिने बताउँछन् ।

‘यदि मोटरसाइकल चलाउँदा हेल्मेट नै नलगाईकन भेटिएमा कारबाही गरिनेछ,’ उनले भने, ‘यो नियम जो सुकैलाई पनि लागू हुन्छ ।’

 

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाकर्मचारीटाकुरा विशेषसवारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.