विराटनगर : कोसी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ।
कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले प्राप्त गरेको विश्वासको मत संविधान सम्मत नदेखिएकाले गत भदौ ७ गते सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिको निर्णय नगर्न आदेश दिएको थियो।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिएको हो।
सर्वोच्चले भनेको छ, ‘अध्यक्षता गर्ने सदस्यले दिएको मत समेत गणना गरी श्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो।’
मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए।
यस विरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका हुन् ।














Discussion about this post