इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।
मुख्यमन्त्री थापाको नियुक्ति खारेजीको माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गत भदौ ६ गते रिट दर्ता गराएका थिए ।
सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमालेले रिट दायर गरेको हो ।













Discussion about this post