Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ताप्लेजुङका स्थानीय तह पर्यटन प्रवर्द्धनमा सक्रिय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८०
in समाचार
0
ताप्लेजुङका स्थानीय तह पर्यटन प्रवर्द्धनमा सक्रिय
130
SHARES
Share on FacebookShare on Twitter

फुङ्लिङ । जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् ।

धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिँदै एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका स्थानीय तहरुहरुले नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नेदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ ।

फक्ताङलुङ गाउँपालिकाले कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकहरुको लागि गाउँपालिकामा पर्यटन भित्र्याउनका लागि पहिलो सडक विस्तार तथा पदमार्ग निर्माणमा जोड दिएको छ । यस गाउँपालिकामा विश्वको अग्लो कञ्चनजङ्घा र कुम्भकर्ण (फक्ताङलुङ) हिमाल रहेको छ भने सिङ्जेमा ताल, करिब चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा, मानभारालगायत थुप्रै पर्यटकीय स्थलहरु पर्दछ ।

उच्च हिमाली क्षेत्रहरुमा अक्सिजनको व्यवस्थापन, ओलाङचुङगोला बस्ती नजिकै रहेको सिङ्जेमा तालमा जाने पदमार्ग र सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापक गरिएको पालिकाका अध्यक्ष राजन लिम्बूले बताए ।

उनका अनुसार दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक तथा व्यापारिक महत्वको निर्माणाधीन तमोर कोरिडोरको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने कञ्चजङ्घा हिमाल प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका—घुन्सा बस्तीसम्म मोटरबाटो विस्तार गर्ने कार्यक्रम रहेको छ ।

मध्यपहाडी भूभाग हुँदै भारतको जोगबनीलाई चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्नेछ । तमोर कोरिडोरमार्फ यसै आर्थिक वर्षका भारत, नेपाल र चीन सडक सञ्जालले जोड्ने छ । पर्यटकीय क्षेत्रहहरुको सहज जानकारी उपलब्ध गराउनका लागि पर्यटन सूचना केन्द्र स्थापना गरिने भएको छ । चीनसँग कोरिडोरले जोडिएसंगै फक्ताङलुङ गाउँपालिका मात्र नभएर जिल्लामै ठूलो पर्यटकहरु चहलपहल हुने ताप्लेजुङवासीको अपेक्षा गरेका छन् ।

जिल्लाकै एक मुख्य पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको मिक्वाखोला गाउँपालिकामा अविरल झरिहरने फुङ्फुङ्गे झर्ना जिल्लाकै एक पर्यटकीय गन्तव्यभित्र पर्दछ । अर्को पालिका केन्द्रदेखि नजिकै रहेका वाक्मा पोखरी पनि यस क्षेत्रको पयटकीय क्षेत्रमा पर्दछ । गाउँपालिका केन्द्र नजिकै रहेको पोखरीहरुको राजधानी भनिने लोदेन क्षेत्र यसै गाउँपालिकामा पर्दछ ।

समुद्र सतहदेखि चार हजारदेखि माथि रहेको यस क्षेत्रमा लाम पोखरी, कुइने पोखरी, हाँस पोखरी, सुन पोखरी, भूत पोखरीलगायत एक सयभन्दा बढी पोखरी रहेको छ । यस क्षेत्रमा पोखरीहरुको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेको स्थानीयवासी तेन्जिङ शेर्पाले बताए ।

त्यस्तै समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित तोक्पेगाला क्षेत्र अर्को प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । तोक्पेगोलामा बस्तीको दायाँ मानमोहक झर्ना रहेको छ भने बायाँतिर जोङलुङ गुम्बा र धार्मिक महत्वबोकेको भूत पोखरी रहेको छ । बस्तीमाथि सोदु पोखरीलगायत दर्जनौँ पोखरीहरु रहेको छ ।

मिक्वाखोला गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्नका लागि समुन्द्र सतददेखि चार हजारमाथि रहेको लोदन क्षेत्रमा गोठस्टेका लागि सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताए । त्यस्तै धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि लिम्बू समुदायको माङहिम निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ । उनका अनुसार गाउँपालिका केन्द्र नजिकै रहेको फुङ्फुङगे झर्ना शृङ्गार गर्न लागि सङ्घीय सरकारबाट एक करोड बजेट विनियोजन भएको छ ।

सिदिङवा गाउँपालिकाको—७ मा अवस्थित देशकै प्रसिद्ध तिम्बुङ पोखरी धार्मिक तथा अन्य पर्यटकको गन्तव्यस्थल हो । यहाँको ढङ्ढङगे झर्ना, चमेरे गुफा, काबेली माङहिम र सिदिङवाधाम पनि पर्यटकीय आकर्षणका स्थलहरु हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन गर्नका लागि २६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिए ।

मैवाखोला गाउँपालिकाले बृहत पर्यटन प्रवर्द्धन गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ । ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ओसाङलु पनि मैवाखोला गाउँपालिकाको एक पर्यटकीय गन्तव्य भित्र पर्दछ ।

यस क्षेत्रमा प्रमुख पर्यटकीय क्षेत्रहरुमा गुराँसको राजधानी तीनजुरे मिल्के पर्दछ । तीनजुरे मिल्के तेर्थुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल पनि हो । यस क्षेत्रमा चैत वैशाखमा महिनामा गुराँस फुल्ने गर्दछ । गुराँस फूलने समयमा गुराँसको अवलोकन गर्ने आउने पर्यटकहरुको चहलपह बढी हुने गर्दछ । मैवाखोला गाउँपालिकाले यस क्षेत्रमा गुराँस पार्क निर्माण गर्नका लागि गुरुयोजना बनाउनका लागि चालु आर्थिक वर्षमा १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

जिल्लाको सदरमुकामसमेत रहेको फुङ्लिङ नगरपालिका भएर नै अधिकांश पर्यटकहरु जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरुमा घुम्न जाने गर्दछन् । विश्व प्रसिद्ध धार्मिक स्थाल पाथीभरा फुङ्लिङ नगरपालिकाको मात्र नभएर जिल्लाकै प्रमुख धार्मिक स्थल हो । पाथीभरा मन्दिरमा दैनिक रुपमा देश विदेश देखि दर्शन गर्न हजारौको संख्यामा आउने गर्दछ ।

सरमुकाम नजिकै रहेको सिद्धी डाँडासमेत आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शिवालय मन्दिर र पोखरी रहेको सिद्धी डाँडामा विभिन्न संरचना निर्माण र प्रचारप्रसार हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको संख््या ह्वात्तै बढ्न थालेको छ । सुकेटार विमानस्थल नजिकै रहेको सन लाइट भ्यु पोइन्ट (सूर्योदय) फुङ्लिङ नगरपालिकाको एक पर्यटकीय गन्तव्य बनेको छ । फुङ्लिङ नगरपालिकाले पर्यटन प्रवर्द्धन समिति बनाएर फुङ्लिङ नगरपालिका भित्रको पर्यटकीय क्षेत्रहरुको गुरुयोजना बनाउने तयारीमा रहेको नगर प्रमुख अमिर मादेनले बताए ।

सिदिङवा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजंघा हिमाल नै हो । यस हिमालको आधारशिविरसम्म सडक पुर्याउन ट्रयाक खोल्ने काम भइरहेको सिरिजंघा गाउँपालिकाका उपाध्यक्ष डा.चित्र माबोले बताए । कञ्चनजंघा हिमालको अवलोकन गर्न जाने पर्यटकलाई लक्षित गरेको गाउँपालिकाले होमस्टे प्रवर्द्धन कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ ।

सिरिजंगा गाउँपालिका—६ मामांखे गाउँमा रहेको लिम्बू संग्राहलय पनि एक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजाने गाउँपालिकाले जनाएको छ । लिम्बूका अनुसार सिरिजंगा गाउँपालिकामा मुन्धमी लाम-मुन्धमी पदर्माग निर्माण गर्ने योजनामा रहेको छ । लिम्बू समुदायको मुन्धुम र राई जातिको पुरानो धार्मिक ग्रन्थ र लोक साहित्य हो । पदर्मागमा मन्धमा आउने विभिन्न संरचान तथा सामग्रीहरु प्रस्तुत गर्नेगरी गुरुयोजना बनाउँने गाउँपालिकाले जनाएको छ ।

मेरिङदेन गाउँपालिकाको प्रमुख पयटकीय स्थलहरुमा गुराँसे पोखरी, मेरिङदेन झर्ना पर्दछ । र्याप्टिङका लागि दोभान उपयुक्त क्षेत्र मानिन्छ । त्यस्तै अन्तरिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले मेरिङदेन चौतारी पार्क समेत निर्माण गरेको मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकवीर हांग (डम्बर) ले बताए । त्यस्तै धार्मिक पर्यटकीय क्षेत्रहरुमा माहाछिरुङ माङगेना यक साथै विभिन्न गुम्बाहरु यस गाउँपालिकाका पर्यटकीय क्षेत्रहरु पर्दछन् ।

पर्यटन प्रवर्द्धन गर्नका लागि गाउँपालिकाले चालु आवमा मेरिङदेन झर्ना जाने पदमार्गका लागि १५ लाख रुपैयाँ कोशी प्रदेश सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । गुराँसे पोखरीको सुन्दर्यताका लागि गाउँपालिकाले केही रकम विनियोजन गरेको मेरिङदेन गाउँपालिका अध्यक्ष हांगामले बताए । त्यस्तै धार्मिक पर्यटन प्रवर्द्धन र मेरिङदेन चौतारी पार्क निर्माण गर्नका लागि पनि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

सदसरमुकाम फुङ्लिङ बजारदेखि नजिकै रहेको गाउँपालिका केन्द्र पाथीभरा याङवरकमा धार्मिक महत्त्व बोकेका धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । यस गाउँपालिकामा रहेका धार्मिक महत्वको पर्यटकीय क्षेत्रहरु केसामी नाम्सनी, थाप पोखरी, धर्ती भाटा तथा गुरुङ गुम्बाहरु पर्दछन् । गुम्बा निर्माण गर्न केही गोरेटो बाटो मर्मतका लागि समेत गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताइन् ।

Tags: #ताप्लेजुङ#पर्यटन#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी
समाचार

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : इटहरीमा लागूऔषध नाइट्राजेपाम ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा संयुक्त...

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर
खेलकुद

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : खेलकुदको पर्याप्त सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि इटहरीलाई ‘स्पोर्ट्स सिटी’ घोषणा गर्न नसक्दा खेल क्षेत्रले धेरै अवसर गुमाएको...

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.