इटहरी : महिला अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्वबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।
जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले अभियोग दाबी नपुग्ने भन्दै आज (बुधबार) गिरीलाई सफाइ दिएको हो।
यसअघि २०७७ मंसिर २२ गते पनि जिल्ला अदालतले सफाइ दिएको थियो। तर, सो फैसला उच्च अदालत विराटनगरले बदर गरिएको थियो। उच्च अदालतले बदर गरेपछि जिल्ला फर्किएको सो मुद्दामा गिरीले पुनः सफाइ पाएका हुन्।











Discussion about this post