भोजपुर : भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।
जिल्लाको साल्पासिलिछो गाउँपालिका ६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post