Sunday, November 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा केही समयको अन्तरमा श्रीमान्–श्रीमतीको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०८३
in समाचार
0
इटहरीमा केही समयको अन्तरमा श्रीमान्–श्रीमतीको मृत्यु
116
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका–७ सुमङ्गल टोलमा केही समयको अन्तरमा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । शनिबार साँझ ५७ वर्षीय रामु चौधरी र उनकी ५१ वर्षीया श्रीमती कञ्चन चौधरीको केहीबेरको अन्तरमा मृत्यु भएको हो ।

परिवारका अनुसार उनीहरू बिहीबार बेलुका माछा खाएका थिए । बाँकी रहेको माछा शुक्रबार बिहान पनि खाएका थिए । त्यसपछि परिवारका तीनै जना बिरामी परेको छोरी सुमिनाले बताइन् ।

उनका अनुसार शुक्रबारदेखि आफूलाई ज्वरो आएको थियो । बुबालाई ज्वरो र बान्ता भएको थियो भने आमालाई शनिबार बिहानदेखि बान्ता र पखाला लागेको थियो ।

शनिबार बिहान जिउ दुखेको भन्दै रामु काममा गएका थिएनन् । घरमै रहेका उनलाई बान्ता भएपछि आराम गर्न ओछ्यानमा गएका बेला मृत्यु भएको थियो । बुबाको अवस्था हेर्न पुगेकी कञ्चन पनि केहीबेरमै ढलेकी थिइन् ।

आमाबुबा दुवैलाई बेहोस अवस्थामा देखेपछि सुमिनाले दाजु सुनिललाई खबर गरेकी थिइन् । आफन्त र छिमेकीको सहयोगमा कञ्चनलाई एम्बुलेन्समार्फत विराट शिक्षण अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिरामी सुमिनाको इटहरीस्थित एक मेडिकलमा उपचार गरिएको थियो ।

इटहरी–७ का वडा सदस्य दीपक घिमिरेका अनुसार रामुलाई उच्च रक्तचाप र कञ्चनलाई मधुमेहको समस्या थियो । दम्पतीको मृत्युको कारण भने आधिकारिक रूपमा पुष्टि भएको छैन ।

परिवारले खाएको माछा दूषित थियो वा त्यसकै कारण उनीहरू बिरामी परेका हुन् भन्ने पनि पुष्टि हुन बाँकी छ । यसबारे स्वास्थ्य निकायबाट परीक्षण वा अनुसन्धान भएको विवरण प्राप्त भएको छैन ।

दम्पतीको शव घरमा ल्याइएको छ । टाढाका आफन्त आएपछि दाहसंस्कार गर्ने तयारी रहेको रामुका दाजु महादेव चौधरीले बताए ।

Tags: #इटहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा
समाचार

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०८३
0

इटहरी : इटहरीमा ट्रकको ठक्करबाट ज्यान गुमाउने दुई युवक विराटनगरका रहेको खुलेको छ । दुर्घटनामा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय...

साँझपख गुलजार बन्छ धरान
विविध

तिहारको किनमेलले व्यस्त बने धरानका बजार

by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०८३
0

सुनसरी : तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने...

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

कार्तिक २२, २०८३
भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

कार्तिक २२, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्ग चिनाउन डिजिटल पहल, पर्यटकले वेबसाइटबाटै सूचना पाउने

कार्तिक २२, २०८३

इटहरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

कार्तिक २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

कार्तिक २२, २०८३
हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास

हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास

कार्तिक २२, २०८३
साँझपख गुलजार बन्छ धरान

तिहारको किनमेलले व्यस्त बने धरानका बजार

कार्तिक २२, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

कार्तिक २२, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    380 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    330 shares
    Share 132 Tweet 83
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन