Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जब छोरालाई हात्तीले कुल्चियो…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १४, २०८०
in टाकुरा विशेष, समाचार
0
जब छोरालाई हात्तीले कुल्चियो…
345
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा बर्सेनि हात्ती समस्या भएपछि स्थानीयबासी पिरोलिन थालेका छन् । हरेक वर्ष हात्तीको बथानसहित गाउँ पस्न थालेपछि समस्या थप बढ्दै गएको स्थानीयबासीको भनाइ छ ।

इटहरी २ मा हात्ती आक्रमणमा परी बुधबार राति ९ बजेतिर स्थानीय २६ वर्षीय रविन खड्काको मृत्यु भएपछि स्थानीयबासी दीर्घकालीन समाधान खोज्न प्रशासन गुहार गर्न थालेका छन् ।

इटहरी २ बुढासुब्बा चोक नजिकै बुधबार राति ९ बजेतिर हात्ती आक्रमणबाट खड्काको मृत्यु भएको थियो ।

मृतकका बुबा मधु खड्काका अनुसार रातको समयमा आएका हात्तीको बथान खेदाउन जाने क्रममा हात्तीले आक्रमण गरेको हो ।

‘घरको जेठो छोरा हो, घर चलाउने उमेरमै गुमाउनुप¥यो,’ उनले भने ‘गाउँका सबैजना जाँदा जानैप¥यो । घर, गाउँमा हात्ती पस्न नदिनका लागि खेदाउन जाँदा नसोचेको घटना भयो ।’

दुई वर्ष वैदेशिक रोजगारमा बसेर अघिल्लो पुषमा मात्रै आएको र अहिले फेरि वैदेशिक रोजगारमै जान लागेका रविनको हात्ती आक्रमणपछि परिवारमा बज्रपात परेको उनले सुनाए ।

घरको जेठा छोराको रूपमा रहेका उनले घरखर्चको जोहो गर्दै आएका थिए । घटनापछि बाबु मधु, आमा कमला खड्का र मृतककी श्रीमती रेनुका राईसहित स्थानीयबबासी शोकमा डुबेका छन् ।

‘घरबाट नजा भनेर भनेपनि गाउँले सबै गएपछि गएको थियो,’ आमा कमला खड्काले रोदनमिश्रित स्वरमा भनिन्, ‘हात्तीको हुल नै थियो । हात्ती गाउँ पस्ला भन्ने डर भयो, हात्ती धपाउन गएको छोरालाई हात्तीले नै लग्यो, सधैँका लागि ।’

उनका अनुसार तीन छोरी र दुई छोरा रहेकामध्ये रविन जेठा छोरा हुन् । गत पुषमा साउदी अरबबाट आएर विवाह गरेका रविनले पुनः वैदेशिक रोजगारका लागि दुबई जाने तयारीमा थिए । ‘फेरि विदेश जाने तयारी थियो,’ उनले भनिन्, ‘अब कमाउला, केही गर्ला भन्ने उमेरमा गुमाउनुप¥यो ।’

पाँच दिनयता हात्तीको बथान आएपछि आफूहरू रातभर जाग्राम बस्दै आएको स्थानीय रोशन अधिकारीले बताए ।

‘साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह आउँछ । हात्ती धपाउन हामी गाउँभरीका मान्छे रातभर जाग्राम बस्छौँ,’ उनले भने, ‘यो जाडो मौसममा त रातभरी बस्दा दाउराको जोहो गर्नपनि समस्या छ ।’

आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनको भनाइ छ । ‘झापाको बाहुनडाँगीजस्तै हात्तीको बथान आउन थालेपछि समस्या भएको छ । संघीय, प्रदेश र स्थानीय तहले हात्तीको समस्या समाधान गर्नका निम्ति पहल गर्नुपर्छ,’ उनले भने, ‘साँझ पर्नेबित्तिकै हात्ती आउँछ । यस वर्ष २६ वटा हात्ती आएका छन् ।’

हात्तीबाट बच्न दीर्घकालीन समाधान खोज्न सम्बन्धित क्षेत्रले चासो देखाउनुपर्ने उनको भनाइ छ । गत वर्षभन्दा यस वर्ष हात्तीको संख्या बढेको उनले बताए । हात्ती समस्याबाट हरेक वर्ष पिरोलिनुपरेको उनको भनाइ छ ।

हात्तीलाई गाउँमा पस्न नदिनका लागि सुरक्षाकर्मी, वन रक्षक लगायतको साथ आवश्यक पर्ने उनले बताए । हात्तीले गत मंगलबार मात्रै इटहरी २ कै नैनाकुमारी राईको घर भत्काएको थियो । यस्तै, करिब दुई महिनाअघि पनि इटहरी २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।

यसैबीच हात्ती आक्रमणबाट मृत्यु भएपछि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । घटनास्थलमा आएका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले तत्काल समस्याको समाधानका निम्ति पहल गर्ने बताए ।

सामुदायिक वनका कर्मचारीले वास्ता नगरेको स्थानीयले गुनासो गरेपछि मेयर पौडेलले जिल्ला वन प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखसहित कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाईसमेत समस्या राखेका छन् ।

हात्तीको समूहलाई नियन्त्रण लिन वा धपाउनका निम्ति स्थानीय तहसँग कुनै सयन्त्र नभएको मेयर पौडेलले बताए ।

‘हात्तीको आक्रमणबाट जोगाउनका निम्ति स्थानीय तहसँग कुनै सयन्त्र छैन,’ उनले भने, ‘वन कार्यालयसँग समन्वय गरेर के गर्न सकिन्छ, त्यसबारे निर्णय गर्छौँ ।’ उनले हात्ती नियन्त्रण गर्नका निम्ति आफूहरूसँग कुनै सयन्त्र नभएको बताउँदै साइरन जडान, बत्ती जडानजस्ता कुरामा भने उपमहानगरले काम गरिरहेको बताए ।

उनले हात्ती आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई उपमहानगरले एक लाख रुपैयाँ दिने वचन दिएका छन् ।

‘मानिसको ज्यानभन्दा पैसा ठूलो होइन, तर तत्कालका लागि उपमहानगरले एक लाख रुपैयाँ दिने वचन दिन्छु,’ मेयर पौडेलले भने, ‘हात्तीबाट इटहरीका जनता जोगाउनका निम्ति वन कार्यालयसहित सबै क्षेत्रको संयन्त्र प्रयोग गरिनेछ ।’

जानकारहरूका अनुसार हात्तीको स्मरण शक्ति तेजिलो हुने भएकाले पहिला बसेको बासस्थानमा वर्षौँपछिसम्म जान सक्छ ।

स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सामुदायिक वनमा जंगली जनावरले खाने अन्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी गरेको अवस्थामा प्रायजसोः जंगली जनावर मानव बस्तीमा नपस्न विज्ञहरूको भनाइ छ ।

यो पनि – इटहरीमा हात्ती आक्रमणमा परी मृत्यु भएका पीडित परिवारलाई उपमहानगरले एक लाख दिने

यो पनि – इटहरीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

Tags: #इटहरी#हात्तीटाकुरा विशेषहात्ती आक्रमण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प
समाचार

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

by रासस
जेष्ठ २३, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध...

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि
विविध

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

by रासस
जेष्ठ २३, २०८३
0

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालय सीमित जनशक्ति, अपुग दरबन्दी तथा न्यून स्रोत–साधनका बाबजुद पनि निरन्तर...

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

जेष्ठ २३, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३
बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

जेष्ठ २३, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    612 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.