इटहरी : इटहरी २ मा गएराति हात्ती आक्रमणमा परी मृत्यु भएका पीडित परिवारलाई उपमहानगरले एक लाख रुपैयाँ दिने भएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पीडित परिवारको घरमा पुगेर एक लाख रुपैयाँ दिने बताएका छन् ।
‘मानिसको ज्यानभन्दा पैसा ठूलो होइन, तर तत्कालका लागि उपमहानगरले एक लाख रुपैयाँ दिने वचन दिन्छु,’ उनले भने, ‘हात्तीबाट इटहरीका जनता जोगाउनका निम्ति वन कार्यालयसहित सबै क्षेत्रको संयन्त्र प्रयोग गरिनेछ ।’
उनले हात्ती नियन्त्रण गर्नका निम्ति आफूहरूसँग कुनै सयन्त्र नभएको बताउँदै साइरन जडान, बत्ती जडानजस्ता कुरामा भने उपमहानगरले काम गरिरहेको बताए ।
गएराति इटहरी २ बुढासुब्बा चोक नजिकै हात्ती आक्रमणबाट २६ वर्षीय रविन खड्काको मृत्यु भएको थियो ।
उनलाई बुधबार ९ बजे हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।














Discussion about this post