Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १४, २०८०
in समाचार
0
सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला
105
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : सीपमुलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् ।

रामप्रसादराई गाउँपालिका-८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन् ।

वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक तालिम लिएसँगै अहिले सिलाइ कटाइको काम गर्दै आएको स्थानीयवासी चन्द्रकला राईले बताउनुभयो ।

आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । सिलाइकटाइ व्यवसायबाट घर खर्चको जोहाे गर्न सहज भएको उहाँले बताउनुभयो ।

“वडामा नै सीप पाएपछि अहिले यही व्यवसाय सञ्चालन गरेकी छु” उहाँले भन्नुभयो, “हामीजस्ता गृहणी महिलालाई अन्य ठाउँमा गएर सीप लिन समस्या हुन्छ । आफ्नै ठाउँमा वडाको पहलमा सीप पाएसँगै यही सिलाइकटाइ व्यवसाय गर्दै आएकी छु । यसले मलाई आत्मनिर्भर बनाएको छ ।” सीप लिएपछि आत्मनिर्भर बन्नमा सहजता थपेको स्थानीयवासी रेनु राईले बताउनुभयो ।

स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको उहाँको भनाइ छ । सीप नहुँदा  व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उहाँले बताउनुभयो ।

“सीप नहुँदा कुनै पनि काम गर्न सकेकी थिइनँ” उहाँले भन्नुभयो, “घरधन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो ।

वडाले तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएपछि आफैँ स्वरोजगार बनेकी छु । अहिले यही कामले घरखर्च जोहाे गर्न सहजता भएको छ ।” वडा कार्यालयले सीप लिन इच्छुक २५ जना महिलालाई आवश्यक तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएको हो । वडाले यहाँका महिला तथा युवालाई स्वरोजगार बनाउनको लागि रोजगारीलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो ।

स्थानीयलाई स्वरोजगार बनाएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने योजनाका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

“वडाले रोजगारलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको छ”वडाध्यक्ष राईले भन्नुुभयो, “स्थानीयवासीको क्षमता वृद्धिसँगै आवश्यक सीप दिँदै आएका छौँ । गतवर्ष सिलाइकटाइको तालिम लिएका महिला दिदीबहिनीलाई मेसिन पनि वितरण गरेका छौँ । धेरै दिदीबहिनी अहिले व्यवसायमा जोडिनुभएको छ ।” युवालाई स्वरोजगार बनाउन १५ जनालाई हाउस वायरिङको तालिम दिएको वडाध्यक्ष राईले बताउनुभयो ।

तालिम लिएका युवा पनि अहिले व्यावसायिक बन्दै गएको उहाँको भनाइ छ । गाउँमा नै विद्युत विस्तारको काम भइरहेकोले उनीहरुले त्यही काम गरेर आम्दानी लिन थालेको अध्यक्ष राईले जानकारी दिनुभयो । “आयआर्जनसँग जोडिन सीप अपरिहार्य छ ।” उहाँले भन्नुभयो, “सीप लिएका युवालाई गाउँघरमा नै काम भ्याइनभ्याई छ । सीपको कारण स्थानीयवासीले केही आम्दानी गरिरहेका छन् । तालिम लिएकालाई व्यवसायमा लाग्न प्रोत्साहन गर्दै आएका छौँ ।” भावी दिनमा पनि सीपमूलक तालिमलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

वडामा आउने बजेटले मात्र धेरै काम गर्न सम्भव नभएकाले विभिन्न निकायसँगको समन्वय  तथा सहकार्यमा काम गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । आफ्नो वडा भौगोलिक रुपमा विकट भए पनि उर्वरभूमि भएकाले कृषिको विकासमा पनि योजना बनाएर काम गरिरहेको उहाँको भनाइ छ ।

वडाले तालिम दिएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको वडाध्यक्ष राईले बताउनुभयो । “वडामा त्यति धेरै विकास बजेट त आउँदैन” उहाँले भन्नुभयो, “बजेटको सीमा सीमित भए पनि त्यसलाई अधिकतम उपयोग गर्ने कोसिस गरिरहेका छौँ । हामीले स्थानीयवासीको दैनिक जीवनमा परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यो वडालाई नमुना वडा बनाउने मेरो लक्ष्य छ ।”

Tags: #भोजपुर#रासससीप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    363 shares
    Share 145 Tweet 91
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.