मोरङ : केराबारी मोरङको केराबारीमा मानसिक सन्तुलन कमजोर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कूलबहादुर विश्वकर्मा रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले मानसिक अवस्था ठीक नभएकी १८ वर्षीया युवतीलाई केराबारी गाउँपालिका–९ स्थित केराघारीमा लगेर विश्वकर्माले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।
उनका अनुसार घटना बिहीबार साँझ तिरको हो । विश्वकर्माले ललाइफकाइ केराघारीमा लगेर युवतीलाई बलात्कार गरेको जानकारी पीडितकी आमाले प्रहरीलाई दिएकी हुन् । घटनाको जानकारी पाउनसाथ उनलाई पक्राउ गरिएको डीएसपी दाहालले बताएका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएका विश्वकर्माविरुद्ध पीडितकी आमाले शुक्रबार किटानी जाहेरी दिएकी छन् । उनीविरुद्ध जरबजस्ती करणी मुद्दा चलाउन अनुसन्धानका लागि प्रहरीले म्याद थपको प्रक्रिया अघि बढाएको छ ।














Discussion about this post