इलाम : इलाममा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका ९ बाट बालकहरूसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महिनावारी हुँदा बढी रक्तस्राव भएपछि अस्पताल गएकी बालीकालाई डाक्टरले सोधपुछ गर्दा आफू बलात्कृत भएको बताएकी थिइन् । घटना थाह पाएपछि डाक्टरले प्रहरीलाई खबरका थिए ।
प्रहरीले बालिकाकी आमालाई खबर गरेको र आमाले जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् । बालिकाकी आमा बुवा दैनिक ज्याला मजदुरी गर्ने गरेका छन् ।
बालिकाले गत मङ्सिर देखिनै विभिन्न मितिमा विभिन्न व्यक्तिहरूले बलात्कार गरेको भनेर प्रहरीलाई बताएकी छिन् ।
बलात्कार आरोपमा पक्राउ पर्नेहरूमा १८ देखि ६० वर्ष सम्मका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको पहिचान प्रहरीले तत्काल गोप्य राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
विभिन्न प्रलोभनमा पारेर बालिकामाथि बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।











Discussion about this post