Friday, May 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पैदलमार्गको प्रयोग गरी लागूऔषध ओसारपसार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २३, २०८०
in समाचार
0
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सांकेतिक तस्वीर ।

72
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : जिल्ला सदरमुकाम गाईघाट क्षेत्रका सीमानाकामा प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेपछि पैदल मार्गको प्रयोग गरी लागूऔषध ओसारपसार गर्न थालेका छन् ।

जिल्ला बाहिरबाट लागुऔषध कारोबार हुने गरेकाले नियन्त्रणका लागि प्रहरीले सीमानाकामा सवारीसाधन चेकजाँचलाई बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय र मातहातका इलाका प्रहरी तथा प्रहरी चौकीले लागूऔषध कारोबार नियन्त्रण गर्न जिल्ला भित्र र बाहिर आवतजावत गर्ने सबै सवारीसाधनमा कडाइका साथ चेकजाँच थालेपछि लागूऔषध कारोबारकर्ताले चुरे क्षेत्रको जङ्गल भएर पैदल मार्गको प्रयोगबाट लागूऔषध कारोबार सुरु गरेका पाइएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

कारोबारकर्ताले पैदल मार्गबाट लागूऔषध ओसारपसारको रणनीति बनाएका गोप्य सूचना पाइएको उहाँको भनाइ छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार प्रहरीले सवारीसाधन र सीमानाकामा चेकजाँच कडाइ गरेपछि लागूऔषध कारोबारकर्ताले चुरे जङ्गल क्षेत्रबाट पैदलयात्रामार्फत लागूऔषध भित्र्याउने प्रयास सुरु गरेका हुन् ।

पन्ध्र दिनभित्र प्रहरीले छिमेकी जिल्ला सप्तरी, सिरहा र सुनसरीबाट चुरे जङ्गल हुँदै पैदलयात्रामार्फत लागूऔषध भित्र्याउने आधा दर्जन कारोबारकर्तालाई पक्राउ गरेपछि कारोबारकर्ताको उक्त  रणनीति खुलेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

बिहीबार मात्र प्रहरीले जिल्लाको त्रियुगा नगरपालिका-६ जलजले बस्ने २३ वर्षीय सकीर अलीलाई सिरहाबाट पैदाल यात्रामार्फत लागुऔषध लिएर उदयपुर छिर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

पाँच दिनअघि त्रियुगा-१२ का २३ वर्षीय समिर मगर र २१ वर्षीय दीपेश चौधरीलाई पनि सप्तरीबाट चुरे जङ्गल हुँदै त्रियुगा-४ बगाहाको सालघारी जङ्गल भएर पैदल आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरी लागूऔषध बरामद गरको उहाँले बताउनुभयो ।

जिल्लाको पूर्वी नाका बेलका नगरपालिकाको कोठु, सप्तकोशी कोशी टप्पु क्षेत्र र सप्तरीको फत्तेपुर नाका, सप्तरी-सिरहाको चुरे जङ्गलबाट लागूऔषध कारोबारकर्ताले झोलामा बोकेर लागूऔषध जिल्ला भित्राउने गरेका अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ ।

केही समयअघि लागूऔषध कारोबारकर्ताले ठूलासाना सवारीसाधनमा लागुऔषध लुकाएर ल्याउने गरेको पाइएपछि प्रहरीले चेकजाँचमा कडाई गरेको थियो ।

प्रहरीको चेकजाँचपछि पक्राउ पर्ने क्रम बढेसँगै अहिले लागूऔषध कारोबारकर्ताले पैदल मार्गको प्रयोग गरी जङ्गलको बाटोबाट लागूऔषध भित्र्याउन सुरु गरेका प्रहरी उपरीक्षक थापाको भनाइ छ ।

“लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले रणनीति बनाएर चेकजाँचमा कडाइ गर्यो । कारोबारकर्ताले प्रहरीलाई छल्न विभिन्न रणनीति बनाउने गरेका पायौँ । अहिले पैदल यात्रा र जङ्गलको बाटोबाट लागूऔषध भित्र्याउने रणनीति लागुऔषध कारोकारकर्ताले सुरु गरेका छन्”, प्र.उ.थापाले भन्नुभयो ।

उहाँका अनुसार यसको नियन्त्रणका लागि प्रहरीले सादा पोसाकका प्रहरी समेत परिचालन गरेर जङ्गल क्षेत्रमा निगरानी गरिरहेका छन् । हालसम्म पक्राउ गरिएका लागूऔषध ओसारपसारकर्तामाथि म्याद थपगरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Tags: #उदयपुर#रासस#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 
FEATURE BREAKING

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

by अर्जुन उप्रेती
बैशाख २५, २०८३
0

विश्वमा सबैभन्दा धेरै हिमाल नेपालमा छन् । र, ती हिमालमा बनेका विश्व कीर्तिमान पनि सबैभन्दा बढी नेपालीकै नाममा दर्ज छन्...

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१९ ब्रहमपुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा...

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

इलाममा भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बैशाख २५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

बैशाख २५, २०८३
त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.