Monday, June 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा : मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८१
in समाचार
0
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

सांकेतिक तस्विर ।

67
SHARES
Share on FacebookShare on Twitter

झापा : मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ ।

झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो ।

त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत रु पाँच करोड ६५ लाख २७ हजार छ । २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा रु एक करोड एक लाख ४४ हजार लागतमा छ दशमलव ३९ किलोमिटर सौर्य तारबार उक्त गरिएको कार्यालयले जनाएको छ ।

मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६ दशमलव ९८ किलोमिटर सौर्य तारबार लगाइएको छ । गत असारमा रु दुई करोड ५३ लाख ९५ हजारको लागतमा उक्त खण्डमा बार लगाइएको हो । बार लगाउन राज्यकोषबाट रकम खर्च भएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा प्राविधिक परामर्श प्रदान गरेको थियो । पहिले लगाइएका केही स्थानका बार जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएको छ । बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब रु ३० लाख र जलथल क्षेत्रका लागि रु ४४ लाख ४७ हजार आवश्यक पर्ने प्रमुख राईले जानकारी दिए ।

देशको पूर्वी नाकाबाट प्रत्येक वर्ष दुईपटक मानव बस्तीमा हात्ती प्रवेश गर्दै आएका छन् । वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती आउने गरेका छन् । विसं २०७५ अघि झापामा १०–१२ वटा हात्ती  बस्ने गरेकामा  त्यसपछि उक्त सङ्ख्या वृद्धि हुँदै हाल ३५ पुगेको छ । अहिले वर्षैभरि बस्ने गरेका डिभिजन वन कार्यालयले जनाएको छ ।

“यसै वर्ष झापाको विभिन्न स्थानमा चारवटा छावा जन्मेका छन्”, प्रमुख राईले भने । जिल्लामा २०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भइसकेको छ भने २०६२ सालदेखि हालसम्म २० वटा हात्तीको मृत्यु भएको छ । विसं २०६८ देखि गत वर्षसम्म रु सात करोड १९ लाख ७० हजार छ सय ९७ पीडितलाई राहत रकम वितरण भएको छ ।

हात्तीको आक्रमणमा परी चालु आर्थिक वर्षमा सातजनाको मृत्यु भएको छ । चालु आवमा हात्तीको आक्रमणबाट पाँच सय ३२ घटनाका पीडितलाई रु एक करोड २६ लाख राहतस्वरुप प्रदान गर्न बाँकी छ ।

Tags: #झापा#रासस#हात्तीद्वन्द्व
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त
FEATURE BREAKING

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

by रासस
असार १५, २०८३
0

धरान (सुनसरी) : सप्तकोशी नदीको बहावसँगै फैलिएको हरियाली, दुर्लभ अर्नाको बथान, चराचुरुङ्गीको चहलपहल र जलचरको जीवन्तले कोशी टप्पुलाई जैविक विविधताको...

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

इटहरी : इटहरीबाट ब्राउनसुगर, लागूऔषधजन्य औषधि र दुई लाखभन्दा बढी नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध कारोबार भइरहेको...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

जेनजी आन्दोलनपछि रोकिएको ७९ जना स्वकीय सचिवको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

असार १५, २०८३
खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

रोपाइँको बेला हात्तीको त्रास, बाहुनडाँगीमा किसान खेत छाडेर दिनभर बथान धपाउँदै

असार १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

असार १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

जेनजी आन्दोलनपछि रोकिएको ७९ जना स्वकीय सचिवको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

असार १५, २०८३
खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    728 shares
    Share 291 Tweet 182
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.