Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

पारदर्शी बन्यो तरहरा रन, १० किलोमिटर दौड प्रतियोगिताको आयव्यय सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८१
in खेलकुद, समाचार
0
पारदर्शी बन्यो तरहरा रन, १० किलोमिटर दौड प्रतियोगिताको आयव्यय सार्वजनिक
107
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा सम्पन्न भएको तरहरा रनले आयव्यय सार्वजनिक गरेको छ ।

गत फागुन २६ गते तरहरा रनले १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरेको थियो । कार्यक्रम आयोजना भएको डेढ महिना बित्दै आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।

खर्च विवरण गरेर तरहरा रनले पारदर्शीता देखाएको छ ।

पछिल्लो समय समाजमा हुनेगरेका कार्यक्रमहरूले आफ्नो खर्च विवरण सार्वजनिक नगर्ने र समाजप्रति जवाफदेही नबन्ने कुराहरू आइरहँदा तरहरा रनले आयव्यय सार्वजनिक गर्दै आगामी वर्ष पनि रनलाई निरन्तरता दिइने जनाएको छ ।

तरहरा रनका कोषाध्यक्ष किशोर खत्रीले कार्यक्रममा कूल १५ लाख ४९ हजार दुई सय ८२ रुपैयाँ आम्दानी भएको जानकारी दिए ।

यसैगरी १५ लाख १८ हजार ८०७ रुपैयाँ खर्च भएको उनले जनाए । खर्च कटाएर ३० हजार ४७५ रुपैयाँ बचत भएको खत्रीले बताए ।

उनका अनुसार सहभागीबाट कूल ४ लाख ६० हजार ९५० रुपैयाँ आम्दानी भएको थियो ।

यसैगरी बाँकी इटहरी उपमहानगरपालिकासहित स्थानीय संघसंस्था र विदेशमा रहेका तरहराबासीहरूले सहयोग गरेका थिए ।

प्रतियोगितामा पुरस्कार वितरण, टि–सर्ट छपाइ, गेट निर्माण, मार्किङ बोर्डलगायतमा खर्च भएको जनाइएको छ । प्रतियोगितामा कूल एक हजार सात सय ७४ जना धावक तथा धाविका सहभागी रहेका थिए ।

जसमा १२ वर्षभन्दा कम उमेरका ५१९ जना बालबालिकाहरू सहभागी थिए । उनीहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो ।

यस्तै, १५ वर्षभन्दा कम उमेरका १९९ जना सहभागी बालबालिकाहरूलाई १० किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो ।

यसैगरी, १६ देखि ३९ वर्षसम्म ५१० जना, ४० देखि माथिका (भेट्रान)तर्फ १६५ जना, पारिवारिकतर्फ ३४५ जना र ह्वील चियरतर्फ ३६ जना सहभागी थिए ।

जसमा ह्वील चियरमा सहभागी धावक, धाविकालाई भने दर्ता शुल्क नलिइएको तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले बताए ।

सबै विधाका विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

‘आगामी वर्षपनि रनलाई निरन्तरता दिइनेछ,’ अध्यक्ष राईले भने, ‘हाम्रो उदेश्य तरहरालाई चिनाउनु र स्वास्थ्य रहनुपर्छ भन्ने हो ।’

आयव्यय सार्वजनिक कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले उक्त रनले तरहरालाई चिनाउनु र यो ठाउँको स्तरोन्नतिका गरिएको भन्दै प्रशंसा गरे ।

Tags: #तरहराआयव्ययपारदर्शीरनशिवु रुम्दाली राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.