मोरङ : नेपाल प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ३ का ४५ वर्षीय पन्चु पासवान रहेका छन् ।
पासवानले मोरङको कटहरी गाउँपालिका ५ का राजकुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनेर तीन लाख ३० हजार रुपैँया नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पासवानको ठगी कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post