मोरङ : मोरङका अलगअलग स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना फोटो स्टुडियो सञ्चालक र अर्का एक जना नाबालक रहेका छन् ।
सुनवर्षी नगरपालिका ९ डाइनियामा फोटो स्टुडियो सञ्चालकको र विराटनगर महानगरपालिका ८ मा नाबालकको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए ।
सुनवर्षी ९ का ३५ वर्षीय उमेशप्रसाद साहको फोटो स्टुडियोभित्र काम गरिरहेको अवस्थामा ल्यापटपमा पेनड्राइप जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
यसैगरी विराटनगर ८ देवकोटा चोकमा करेन्ट लागेर सुरज चौधरीका ४ वर्षीय छोरा टेरेन्स चौधरीको मृत्यु भएको हो ।
क्वार्टरको कोठाभित्रै खेल्ने क्रममा मल्टिप्लगबाट राति १० बजेतिर करेन्ट लागेर मृत्यु भएको हो । सुरज खानेपानीको कर्मचारी रहेको र उनी क्वार्टरमा बस्दै आएको खुलेको छ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post