सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका १२ विराट चौकबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गत मंगलबार विराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाइकल को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद, बिक्री गर्ने स्थानीय ४० वर्षीय शंकर दाहाल र धनपालथान गाउँपालिका १ का १९ वर्षीय अजय मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post