इटहरीमा दोस्रो चरणको लकडाउनको पहिलो दिन आज बिहानै देखि कडा बनाईएको छ ।
नेपाल प्रहरी, शशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा लकडाउनलाई कडा बनाएको हो ।

इटहरीमा सवारी साधनहरुलाई पुर्ण रुपमा रोक लगाईएको छ भने सबै पसलहरु बन्द गरिएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले इटहरीमा ५ दिनका लागि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

केही दिनयता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै परीक्षणको दायरालाई तीब्रता दिईइको थियो ।















Discussion about this post