Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा ६९ लाखमा वडा कार्यालयको भवन निर्माण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८१
in समाचार
0
विराटनगरमा ६९ लाखमा वडा कार्यालयको भवन निर्माण
102
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर १८ ले आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ ।

भवनको निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो । एक समारोहका बीच नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार उद्घाटन गरेका छन् ।

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियालगायतको उपस्थितिमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले छिटोछरितो रूपमा जनतालाई सेवा दिन वडाका जनप्रतिनिधि र कर्मचारीलाई निर्देशनसमेत दिए ।

महानगरले दक्षिणी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर योजनाहरु सञ्चालन गरिरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षका लागि वडाबाट ५० लाख लगानी गर्ने योजनाका लागि महानगरले ५० लाख रुपैयाँ थपिदिने मेयर कोइरालाले बताए ।

‘वडाले ५० लाख लगानी गर्ने १ करोडसम्मको योजनामा महानगरले ५० लाख थपिदिन्छ,’ मेयर कोइरालाले भने, ‘१ करोडको लगानीमा राम्रै योजना सम्पन्न गर्न सकिन्छ ।’

कोइरालाले सीमित स्रोत साधनको बाबजुद पनि महानगरवासीका असीमित चाहना परिपूर्ति गर्न महानगरपालिका लागिपरेको उल्लेख गरे । ‘महानगरले गत आर्थिक वर्ष करिब ६१ करोड आन्तरिक आम्दानी ग¥यो । महानगरको ५० करोडभन्दा बढी प्रशासनिक खर्च छ,’ उनले भने, ‘आर्थिक स्रोतले भ्याएसम्म महानगरको विकासमा लागिपरेका छौं ।’

कम्पाउण्डवालसहित ६९ लाख लागतमा निर्मित भवनमा प्रशासन, लेखा, अध्यक्ष र सचिवको कार्यकक्ष, स्टोर, प्राविधिकसहित ६ वटा कोठा रहेका छन् । २ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको भवन अपाङ्गमैत्री रहेको महानगरको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए । भवनभित्र सेवाग्राहीलाई प्रतीक्षाका लागि हलसमेत रहेको उनले बताए ।

यसअघि भाडाको घरबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । साँघुरो ठाउँबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा निकै समस्या भएको वडाध्यक्ष जितेन्द्र साहले बताए ।

नवनिर्मित भवनमा पार्किङ, पूर्व र उत्तरबाट प्रवेशद्वार भएकाले आवागमनमा समेत सहज हुने वडाध्यक्ष साहको भनाइ छ ।

नवनिर्मित भवनबाट सेवा सुरु गरेसँगै वडावासी खुसी देखिएको वडासचिव किरण सुवेदीले बताए । कार्यसम्पादनमा कर्मचारीलाई पनि निकै सहज भएको उनको भनाइ थियो । महानगरका १९ वडामध्ये अब १३ नम्बर वडाको मात्रै भवन निर्माण हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

Tags: #विराटनगरभवन निर्माणविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    745 shares
    Share 298 Tweet 186
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    269 shares
    Share 108 Tweet 67

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.