Monday, June 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सवारी दुर्घटनामा इटहरीका पुरुषसहित दुईको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १३, २०८१
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

585
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र र तेह्रथुमको लालीगुराँसमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो ।

बराहक्षेत्र नगरपालिका ५ लक्ष्मीपुरमा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उदपुरबाट सुनसरीको कालाबञ्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९१०४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट साइकल यात्री ४५ वर्षीय गुन्जा चौधरी र साइकलको पछाडि सवार उनकी आमा उदयपुरको बेलका नगरपालिका–१ बस्ने ८० वर्षीया लक्ष्मीदेवी चौधरी घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाकी लक्ष्मीदेवीको उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये आमाको मृत्यु भएको र छोराको उपचार भइरहेको छ । ट्रक र चालक मोरङको कानेपोखरी गाउँपालिका ५ का ३० वर्षीय वीरबहादुर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

उता, पहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का राटोपाटी लम्बु खोलामा ग्याँस बोकेको ट्रकले किचेर बुधबार राति सहचालकको मृत्यु भएको छ ।

प्रिमा ग्यास लोड गरिएको को १ क १६८१ नम्बरको ट्रकले किचेर राति ९ः४५ बजेतिर इटहरीको पकली घर भएका अन्दाजी ४५ वर्षीय रमानन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी रोक्ने क्रममा अचानक ‘ब्रेक फेल’ भएको ट्रकको पछाडिको चक्काले उनलाई किचेको थियो । चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालक सुनसरीको रामधुरी नगरपालिका ४ का ४४ वर्षीय तेजबहादुर राईलाई नियन्त्रणमा लिइएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Tags: दुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र
विविध

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

by रासस
असार १५, २०८३
0

खोटाङ : ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ।...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
FEATURE BREAKING

रोपाइँको बेला हात्तीको त्रास, बाहुनडाँगीमा किसान खेत छाडेर दिनभर बथान धपाउँदै

by रासस
असार १५, २०८३
0

झापा : असारको मध्य किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

असार १४, २०८३
विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

असार १४, २०८३
काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

रोपाइँको बेला हात्तीको त्रास, बाहुनडाँगीमा किसान खेत छाडेर दिनभर बथान धपाउँदै

असार १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

असार १४, २०८३
विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

असार १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    728 shares
    Share 291 Tweet 182
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.